- टिमखबर सम्बाददाता

राडीज्युला शिक्षा क्याम्पस आठबीसकोट रुकुम पश्चिमको सञ्चालक समिति अध्यक्षमा मणिराज बटाला चयन हुनु भएको छ । छैठौं क्याम्पस सभाले बटालाको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । २१ गते उद्घाटन भएको क्याम्पस सभा आज पदाधिकारीको चयन गर्दै सम्पन्न भएको हो ।

सभाले खुला सदस्यमा मणिराज शाह, खडान्द रिजाल, अंकार मल्ललाई चयन गरेको छ । प्रेमप्रकाश खड्का क्षेत्री, धिरेन्द्रजंग शाह,ललित चन्द र हरिबहादुर खत्री पनि सञ्चालक समितिको खुला सदस्यमा चयन भएको सहायक क्यापस प्रमुख नयना चन्दले जानकारी दिनुभयो । चन्दका अनुसार महिला सदस्यमा विमला शाह र ललिता शाह, अपांग सदस्यमा निमबहादुर कुसारी चयन हुनु भएको छ ।

दत्ते पुन जनजाती सदस्य, गंगाराम नेपाली दलित सदस्यमा चयन भएको र सञ्चालक समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख नयना चन्द रहने प्रावधान छ । माघ २१ गते आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले क्याम्पस सभा उद्घाटन गर्नुभएको थियो । २०६९ सालमा यो क्याम्पस स्थापना भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार