रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ मा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु भएको छ । वडा नम्बर -९ सातपाखा निवासी ५२ वर्षे बिने बटालाको चिसोले कठ्याङ्ग्रिएर गएराती मृत्यू भएको हो ।

बिहेमा गएका उनी आज बिहान ८ बजेको समयमा आफ्नै घर नजिकै मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी प्रमुख प्रशुराम चौधरीले जानकारी दिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको इप्रका आठबिसकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार