रुकुम पश्चिम ,संसार मजदुरहरु एक हौ !मार्सवाद लेनिनवाद-माओवाद- जिन्दावाद भन्ने मुल नाराका साथ महान जनयुद्धको २७ औं स्थापना बार्षिक उत्सवको अवसरमा आठबिसकोट नगरपालिकामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको छ ।
नेकपा माओवादी केन्द्र आठबिसकोट नगरपालिका ९ नम्बर वडा कमिटिको आयोजनामा उक्त शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको वडा कमिटी सचीव प्रेम शाहिले बताउनुभयो । आठबिसकोट नगरपालिकाको सभा हलमा भएको कार्यक्रम मा ९ नम्बर वडा कमिटी अध्यक्ष गोकर्ण चन्दको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि नगर कमिटि अध्यक्ष रबि केसि, अतिथिमा नगरकमिटी सचीव गोर्ख कामी ( गम्भीर), ९ नम्बर वडा इन्चार्ज मणिराज बटाला,लगायतको आथित्यता रहेको कार्यक्रम को संचालन भने ९ नम्बर वडा कमिटी सचिव प्रेम शाहिले गर्नुभएको थियो ।
महान जनयुद्धको २७ औं वार्षिक उत्सवको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
- सत्य बटाला

