- टिमखबर सम्बाददाता

रुकुम पश्चिम आठबिसकोट नगरपालिका केन्द्र बिन्दुमा रहेको वडा नम्बर ९ राडी बजार क्षेत्रमा शहरिपुर्बाधारको लागि ५० करोड बजेट स्वीकृत भइ टेन्डर प्रक्रिया रहेको आठबिसकोट नगरपालिका नगर प्रमुख गोर्ख बहादुर केसि ( सन्देश) ले जानकारी दिनुभयो । माननीय अर्थ मन्त्री जनार्दन शर्मा (प्रभाकर)को विशेष पहलमा बजेट स्वीकृत भएको नगर प्रमुख केसि ले बताउनुभयो ।

आठबिसकोट नगरपालिका सेरोफेरोमा विभिन्न क्षेत्रमा पनि बजेट स्वीकृत भएको बताएको छ । छरेबगर गोतामकोट १० किलोमीटर रोड पिचको ५० करोडमा स्वीकृत भइ टेन्डर प्रक्रियामा, रिम्ना तल्लुबगर सम्मा रोड स्तरोन्नतीका लागि १ अरब ८० करोड बजेट स्वीकृत भइ टेन्डर प्रक्रिया रहेको, मन्मै ठाँटिखोला भेरिनदी पुल निर्माणको लागि २४ करोड बजेट स्वीकृत भइ टेन्डर प्रक्रियामा, नगरपालिका रहेका पुसका छाना हटाउनको लागि ८ करोड बजेट स्वीकृत भइ टेन्डर प्रक्रिया रहेको नगर प्रमुख केसिले जानकारी दिनुभयो ।

त्यसै गरि नदुवा राडी सडक स्तरोन्नतिका लागि ३० करोड बजेट स्वीकृतिको प्रक्रियमा, जिल्ला भरी एक घर एक धारा निर्माणका लागि १ अरब बजेट स्वइकृत को प्रक्रियामा, राडिज्युला खदी ओख्ले सडक निर्माण स्वीकृतिको प्रक्रियामा रहेको नगरप्रमुख केसिले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार