- टिमखबर सम्बाददाता

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले तेस्रो रास्ट्रपति रनिङ शिल्ड गर्ने भएको छ । गत पुस २७ गते बसेको ६६ औं नगर कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार फागुन २३ गतेदेखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुने भएको हो । तेस्रो रनिङ राडी स्थित ९ नम्बर वडाको बाल कल्याण माध्यामिक विद्यालयमा हुने छ ।

पहिलो रनिङ शिल्ड ३ नम्बर वडामा गरेको नगरपालिकाले दोस्रो ४ नम्बर वडामा गरेको थियो । शैक्षिक कार्यक्रम अन्तर्गत हुने तेस्रो राष्ट्रपति रनिङ शिल्डमा उपस्थित हुने नगरपालिकाले सबै माध्यामिक विद्यालयहरुलाई आग्रह गरेको छ ।

राष्ट्रपति रनिङ शिल्ड निर्देशिका २०७० मा उल्लेख भए बमोजिमका सबै खेलकुद समावेश हुने शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले जानकारी दिनुभयो । विष्टका अनुसार छात्र–छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स तर्फका विभिन्न खाले दौड, हाइजम्प, सटफुट, ज्याब्लिङ थ्रो, मार्शल आर्ट लगायतका खेल समावेश गरिनेछ । नगरपालिका भर १७ वटा माध्यामिक विद्यालय छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार