- सत्य बटाला

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९, राडीका ३६ वर्षीय रवि चन्दलाई सोही ठाउँका नेपाली कांग्रेसका गोविन्द शाही लगायतले खुकुरी र हथौडा प्रहार गरी घाइते बनाएका हुन् । दिउँसो २ बजेतिर बाटोमा हिडिरहेका चन्दमाथी गोविन्दको साथमा कमल शाहीले पनि लुकेर खुकुरी प्रहार गरी मोटरसाइकल चढी भागेको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणमा अर्को एक जना पनि संलग्न रहेको तर उसको पहिचान नभएको पनि प्रत्यक्षदर्शीको भनाई छ ।

टाउकोमा गम्भिर चोट लागको चन्दको अवस्था गम्भिर रहेको बताइएको छ । अहिले नगर अस्पतालमा चन्दको उपचार भइरहेको छ । खुकुरी र हथौडा प्रहार भएपछि चन्दको टाउकोबाट धेरै रगत बगेको छ । पैदल हिडिहरेका चन्दलाई लुकेर खुकुरी र हथौडा हानिएको हो । आठबीसकोट नगरपालिकाको कार्यालयबाट घरतर्फ गइरहेका चन्दमाथी पिपलबोट नजिकै आक्रमण भएको थियो ।

चन्दको अवस्था गम्भिर भएकाले थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौं लैजाने तयारी गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले गोविन्द शाहीले चन्दमाथी खुकुरी प्रहार गरेको र शाही भागेको बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको शर्माको भनाई छ । घटना स्थलबाट बीर भाँचिएको खुकुरी र हथौडा फेला परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार