काठमाडौं । युवा गजलकार सपना न्यौपाने द्वारा लिखित ‘जीवनको रहस्य ’ गजल संग्रह सार्वजनिक गरिएको छ । युवा स्रष्टा न्यौपाने द्वारा लिखित गजल संग्रह एक कार्यक्रमका बिच बुधबार काठमाडौंमा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले न्यौपानेको गजलकारिताबारे विशेष चर्चा गरेका थिए। गजलकार न्यौपानेको जीवनको रहस्य गजल संग्रह पहिलो कृति हो ।

कार्यक्रममा गजलका बियोगी बुढाथोकी , रामप्रसाद दाहाल , ज्ञाननिष्ठ ज्ञवाली ,रोशन थापा, सन्ध्या पहाडी , रञ्जना निरौला , राजेन्द्र केसी र गिता मैनालीले संयुक्त रुपमा गजल सङ्ग्रह “जीवनको रहस्य ” अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यालय पुतलीसडकमा सार्वजनिक गरेका थिए । जीवनको रहस्य गजल संग्रहको प्रकाशक शुभद्रा न्यौपाने हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार