रुकुम पश्चिम । एमसीसीको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम घेराउ गरिएको छ । नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )ले फागुन १२ गते विहिवार दिउँसो जिल्ला प्रशासन कार्यालय घेराउ गरेको हो ।

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय घेराउसँगै नाराबाजी गरेका छन् । एमसीसी परियोजना खारेज गर , रिजेक्ट एमसीसी, एमसीसी खारेज गर, एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, नो एमसीसी लगायतका नारा लगाएका थिए ।

उक्त धर्ना कार्यक्रमलाई नेकपाका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा , जिल्ला इन्चार्ज डिल्लीराज शर्मा, लगायतले सम्बोधन गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै एमसीसीको पक्षमा भोट गर्ने सांसदहरु विरुद्ध कडा रुपमा उत्रिने बताए ।

उनीहरुले सिंगो मुकुकको प्रतिनिधित्व गर्ने सांसदहरुले समेत जनभावना विपरित जबरजस्ती एमसीसी ल्याउन खोजे आन्दोलन थप सशक्त रुपमा चर्काउने चेतावनी दिएका छन् ।

त्यस्तै माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियुले सयुंक्त रुपमा रुपमा एमसीसीको विरोध प्रर्दशन गरेका छन् ।

एमसीसी रास्ट्रघाती भएको भन्दै ब्यानर ,प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले एमसीसी विरुद्ध जिल्ला सदरमुकाम मुसिकोटमा चर्को नाराबाजी समेत गरेका थिए ।

रुकुम पश्चिममा एमसीसी पेश भएयता सत्तासीन तथा प्रतिपक्ष दल निकटका नेता कार्यकर्ताहरु एमसीसीको विरुद्धमा उत्रिएका छन् ।

एमसीसी संसदमा पेश गरिएकाे दिनदेखि राजधानी सहित देशका मुख्य शहरहरुमा ब्यानर तथा प्लेकार्ड सहित प्रदर्शन भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार