- चन्द्रप्रकाश नेपाली

दाङको शान्तिनगर गाउँपालिकामा पालिका स्तरिय अपाङ्गता सञ्जाल गठन गरिएको छ हिजो एक कार्यक्रका विच अपाङ्गता सञ्जाल गठन गरिएको हो ।निम बहादुर नेपालीको संयोजकत्वमा ७ सदस्य कार्यसमिति गठन गरिएका छ । जसको उप संयोजकमा इन्द्रा चौधरी , सचिवमा बसन्ती वली, सह–सचिवमा घनश्याम कंवर, कोषाध्यक्षमा गुुरुप्रसाद लामिछाने , सदस्यहरुमा लाल ब. बि.क सदस्य, लाहानु चौधरी रहेका छन् ।

राप्ति बहिरा संघको आयोजना तथा ओपन सोसाइटी फाउन्डेसनको आर्थिक सहयोग र शान्तिनगर गाउँपालिकाको समन्वयमा शुक्रबार न्याय तथा सेवामा पहुच अभिबृद्धि परीयोजना अन्तर्गत पालिकास्तरिय अपाङ्गता सञ्जाल गठन गरिएको हो । संस्थाका उपाध्यक्ष रुपा वि.क.को अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष कमानसिंङ डाँगीको प्रमुख आथित्यता, उपाध्यक्ष मिथिला शाह तथा महिला बिकास शाखा प्रमुख साबित्रा आचार्यको विशिष्ट आतिथ्यतामा अपाङ्गता सञ्जाल गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष डाँगीले अपाङ्गताको क्षेत्रमा आफू सधै सकारात्मक भएको बताउनुभयो । अपाङ्गता भएका ब्यक्तिको जीवनस्तर माथि उकास्न तथा अपाङ्गता सम्बन्धी पालिकास्तरिय विभिन्न गतिविधी संचालनका लागि पालिकास्तरिय अपाङ्गता संजाल सकृय रहने अपाङ्गता सम्बन्धी कार्यक्रमहरु तय गरी बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार