- अभा निरु

अभा निरु काठमाडौं । युवा पुस्ताका गजलकार वसन्त वली वसन्ती ले गजल मार्फत बोइ जन्माउदै हुनुहुन्छ ।मरणशिल प्राणी लाई पनि जिवित तुल्याउने क्षमता साहित्यमा हुन्छ त्यही साहित्य मार्फत बोइको( हजुर आमा) सम्झनालाइ कैद गर्दै गजल सङ्ग्रह बोइ प्रकाशनमा आउने भएको छ

वसन्त वलीले२०६९ सालमा `तिर्सना ´नामक उपन्यासबाट साहित्यमा प्रवेश गर्नुभएका साहित्यकार वसन्तीको `बोइ´ दोसो कृति हो । बोई (हजुराआमा )प्रति समर्पित उक्त पुस्तकमा `बोई ´प्रतिको प्रेमलाई झल्काउने केही पृष्ठहरु कथा पनि समेटिएको छ । जुन कथाको अंश संचारकर्मी अच्युत घिमिरेले वाचन गरेको र गायक राज सागरले गाउनु भएको बोई प्रोमोलाई धेरै मन पराएका छ्न् । ।` बोई ´मा कथासँगै एक दशकमा लेखिएका गजलहरू मध्ये उत्कृष्ट गजलहरू समावेश गरिएको छ ।

बुलबुल पब्लिकेसन्सद्वारा प्रकाशित हुन लागेको कृतिमा मायाप्रेम , देशभक्ति , खुसी ,पीडा र समाजसित सम्बन्धित सामाजिक भावनाहरू समेटिएको लेखकको भनाई छ । साहित्यकार ओलीले बोई पुस्तकमा नयाँ स्वरूप भर्न खोजिएको देखिन्छ । लामो समयदेखि साहित्य क्षेत्रमा भिझिसकेका ओलीले गजलमा नयाँ लय र भाव जन्माउने कोसिस गरेको छन् ।

बोईको सम्झनामा लिखित पुस्तकमा एक सय भन्दा बढी गजल समावेश गरिएको छ । पुस्तक तयार भैसकेको र अबको केही समयमा प्रकाशनमा आउने लेखक ओलीको भनाई छ । सबै पुस्ता माझ आफना गजल प्रस्तुत गर्न अब्बल गजलकार वसन्त वली वसन्तीको गजल सङग्रह बोइ को सफलताको शुभकामना ब्यक्त गर्दछौं !!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार