- टिमखबर सम्बाददाता

रुकुम पश्चिम ,, नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको संयोजकमा गोविन्द रोका (विज्ञान )लाई चयन गरिएको छ । आज बसेको कर्णाली प्रदेशका सदस्यहरुको जिल्ला स्थित बैठकले ‘विज्ञान’लाई जिल्ला संयोजकमा सर्वसम्मत चयन गरेको हो ।

कर्णाली प्रदेश सदस्यहरुमध्यबाट रोकालाई संयोजकमा चयन गरिएको बैठकमा सहभागि एक सदस्यले जानकारी दिए । जनयुद्धकालिन समयदेखि नै पार्टीमा रहेका रोका पछिल्ला समय माओवादी निकट पत्रकार संगठन पत्रकारहरुको संगठन प्रेस सेन्टरमा क्रियाशिल हुनुहुन्थ्यो । मुसीकोट नगरपालिका १३, छिवाङका रोका कर्णाली प्रदेश सदस्यमा चयन भएपछि मुलधारको राजनीतिमा सक्रिय हुनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार