- तेजबहादुर मल्ल

तेजबहादुर मल्ल रुकुम पश्चिम

ए, मान्य ज्यू
अाफ्नाे राष्ट्रियता
बहादुरीकाे पहिचान
नेपालकाे स्वाभिमान
कुल्चन कत्ती पनि हडबढाएनाैं
तिम्रा ती अल्छी तिघ्राहरू,
मागेर मात्रै देश बन्छ भन्ने
स्वादिला जिव्राहरू
सत्ताकाे लाेभमा
देशलाई बन्धक बनाई
जनतामा भ्रम छर्ने मस्तिष्कहरूले
कसरी बन्छ ? मेराे देश ।

हामी नेपाली हाै
वीर गाेर्खाली हाै
वीरत्वकाे भावना छ ।
त्यसैले,
अाफ्नाे भाग्य अाफै काेराै
भन्दै राष्ट्रघाती MCC बिरूद्व
अावाज उँठाउदा
शान्तिपूर्ण अान्दाेलन गर्दा
रक्तपात गर्न पछि नपर्ने सरकारबाट
कसरी बन्छ ? मेराे देश ।।

ए, सरकार
अाफु
खरबाै कर उठाउदैन
अरबाै भ्रष्टचार बर्सेनि गर्छ
त्यस्तै लगानीका
ठुला उद्योग बन्द गराउछ
बेराेजगार सृजना गरि
दक्ष नागरिक
खाडी देशमा काम लगाऊछ ।
जाबाे ५५ अरबकाे लागि
मरिहत्ते गर्छ,
अनि
कसरी बन्छ ? मेराे देश ।।।

माफियाले देश चलाउछ
गुन्डागर्दि र भ्रष्टचारीले
संरक्षण पाऊछ
बलत्कारीलाई
सफाया दिईन्छ भने
कसरी बन्छ ? मेराे देश ।।।।

तेजबहादुर मल्ल
रूकुम पश्चिम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार