- प्रेम कुसारी

रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर ९ मा रहेको सेन्चुरी कमर्सियल बैंक शाखा आठबिसकोटले बित्तिय साक्षरता कार्यक्रम सुरु गरेको हो ।
बुधबार एक कार्यक्रम बिच वडा नम्बर ९, १०, र ५ का ४६ जनालाई वित्तिय साक्षरता सम्बन्धि प्रशिक्षण दिदै सहुलियत पुर्ण कर्जा पहिलो चरणमा ४६ जना लाई दिइएको सेन्चुरी बैंक आठबिसकोट शाखा प्रबन्धक डम्बर गौतमले जानकारी दिनुभयो ।

आठबिसकोट नगरपालिका र सेन्चुरी कमर्सियल बैकं बिच भएको सम्भौता बमोजिम कृषि सहुलियत पुर्ण कर्जा बारे जानकारीका लागी वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैकले जनाएको छ ।

बैंकले नगरपालिका भित्रका ३०० समुहबाट १५ सय जनालाई सहुलियत कर्जा प्रदान गर्दै छ । पहिलो चरणमा ४६ जनाले सहुलियत कर्जा पाएका छन । बाँकी क्रमश पाउने बैंकले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार