- टिमखबर सम्बाददाता

रुकुम पश्चिम,,समाजवादी प्रेस संगठन नेपाल रुकुम पश्चिम शाखाको अध्यक्षमा भरत चन्द सर्वसम्मत चयन हुनुभएको छ । सदरमुकाम मुसीकोटमा बिहीबार भएको संगठनको भेलाले भरत चन्दको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो ।

जसको उपाध्यक्षमा क्षितिज विश्वकर्मा, महिला उपाध्यक्षमा पुष्पा ओली, सचिवमा टेकराज पुन, सह सचिवमा होमजंग बस्याल र कोषाध्यक्षमा कमल भुषाल रहनुभएको छ । भरत चन्दको अध्यक्षतामा भएको भेलामा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष विमलकुमार पुनको प्रमुख र समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य अमरराज पुनको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै भेलामा नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य पुस्तक चन्द, जिल्ला सचिवालय सदस्यहरु रविन्द्रकुमार बिष्ट र प्रजित बोहराको पनि आतिथ्यता रहेको थियो । समाजवादी प्रेस संगठन नेपाल कर्णाली प्रदेश सदस्य खिमानन्द शर्माको स्वागत मन्तव्य रहेको भेलाको संचालन टेकराज पुनले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार