- टिमखबर सम्बाददाता

रुकुम पश्चिम, माओवादी केन्द्र आठबिसकोट नगरकमिटिको चौथो पुर्ण बैठको निर्णय अनुसार नगरपालिकामा रहेका १४ वटै वडा इन्चार्ज तथा प्रचार प्रसार समिती चयन गरेको नेपाल कमुनिष्ट पार्टी माओवादी केन्द्र नगर कमिटी अध्यक्ष रबि केसिले जानकारी दिनुभयो ।

१ नम्बर वडा इन्चार्जमा देवबहादुर घर्ती, २ को इन्चार्जमा देवबहादुर यरी, ३ मा अमरसिं यरी, ४ मा दिनानाथ विक, ५ मा धनबहादुर बस्नेत ६ मा डिल्लीबहादुर सार्की र ७ नम्बर वडाको इन्चार्जमा अमृत बुढा चयन भएका छन् । त्यस्तै ८ नम्बर वडा इन्चार्जमा मानबहादुर चदारा, ९ मा मणिराज बटाला, १० मा प्रेमा शाह, ११ मा गोर्खे कामी, १२ मा खम्मे कुसारी, १३ मा टेकबहादुर थापा र १४ नम्बर वडाको इन्चार्जमा हुकुमबहादुर पुनलाई तोकिएको छ ।

पार्टीले नगरपालिकामा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । पार्टीका इन्चार्ज गोर्खबहादुर केसी सन्देश कमाण्डर रहेको १ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको माओवादी केन्द्र आठबीसकोटले जनाएको छ । नगर पार्टीको चौथो बैठकले निर्वाचन परिचालन समितिमा प्रदेश समिति, नगर समिति, जिल्ला समन्वय समिति तथा पार्टीका वडा अध्यक्षहरुलाई राखिएको छ ।

निर्वाचन परिचालन समितिले नगरपालिकालाई दुई भागमा बाँडेर कार्यक्रम गर्ने छ । सन्देश नेतृत्वको टोलीले १ देखि ६ नम्बर वडासम्मको कार्यक्रम गर्ने छ भने रातो कामी नेतृत्वको समितिले ७ देखि १४ नम्बर वडासम्मको कार्यक्रम गर्ने छ । सन्देश नेतृत्वको समिटिमा गंगाराम चदारा, जनक बटाला, हरिभक्त खड्का सदस्य छन् भने रातो कामी नेतृत्वको समितिमा गीता नेपाली, चन्द्रबहादुर बुढा र रवि केसी सदस्य छन् । पार्टीका नगर अध्यक्ष केसीका अनुसार बैठकले स्थानीय तहको उम्मेदवार छनौट, सुझाव तथा सिफारिस समिति पनि बनाएको छ ।

गोर्खबहादुर केसी संयोजक रहेको समिति बनाइएको छ ।समितिम रातो कामी, चन्द्रबहादुर बुढा, गंगाराम चदारा, गीता नेपाली, रवि केसी, जनक बटाला र हरिभक्त खड्का रहेको अध्यक्ष केसीले जानकारी दिनुभयो । बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको छ । बैठकले सबै वडाको समेत तोकेको अध्यक्ष केसीले बताउनु भयो फागुन २१ देखि २८ गते सम्म सबै वडाको बैठक गरिसक्ने निर्णय गरिएको छ । बैठकले नगर सचिव गोर्खे कामी ‘गम्भिर’ संयोजक रहेको प्रचार प्रसार समिति पनि गठन गरेको छ । समितिको सदस्यमा मानबहादुर ,बटाला, सत्य बहादुर बटाला,मनबहादुर घर्ती, कविराम विक, प्रेमजंग शाह, इतिहास परियार, खुमराज ओली,सुनिल विक, जनक खत्री र दिपक केसि चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार