- सम्बाददाता

रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड उद्घाटन भएको छ । सोमबार कर्णाली प्रदेश सभा सदस्य रातो कामी, नगर प्रमुख गोरखबहादुर केसीले पानसमा पत्ती बालेर सिल्ड उद्घाटन गर्नुभएको हो ।

शिक्षा युवा तथा खेलकुद शाखा आठबिसकोटको आयोजना मा स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बाल कल्याण माध्यामिक बिध्यालयमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन २३ गते देखी २६ गते सम्मा सुरु हुने शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत इन्द्र बिष्टले बताउनु भयो ।

नगरपालिकाले २०७५ सालमा सिस्ने हिमालको काख अर्थात हिमाल माध्यामिक बिधालय खदिमा सुरु भएको थियो सोही कार्यक्रम २०७६ सालमा कोरोना भाइरको कोभिड १९ का कारण गर्दा बन्द भएको थियो २०७७ साल मा ज्ञानोदय माध्यामिक बिधालय गोतामकोटमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड भएको थिययो ।

शिल्डमा नगरपालिका भित्रका १८ मा.बि. बिधालयहरु सहभागी रहेका छन । बिध्यालयहरुले छात्र,छात्राको विभिन्न खेलकुद प्रतिस्पर्धा गर्ने छन सबै भन्दा बढी पुरुषकार ल्याउने बिध्यालयले शिल्ड लिने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रम आठबिसकोट नगरपालिका खेलकुद बिकास समिती अध्यक्ष सन्देश बिक को अध्यक्षता रहेको कार्यक्रमको कार्णाली प्रदेश सभा सदस्य रातो कामिको प्रमुख आथित्यता गर्नुभएको थियो । आठबिसकोट नगर प्रमुख गोर्ख बहादुर केसि (सेन्देश ) को विशेष आथित्यता रहेको कार्यक्रममा अन्य अथितिमा उप प्रमुख गिता नेपाली, आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत मणिराज शाह,नगरपालिका १४ वटै वडा अध्यक्षहरु, पार्टी प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार हरुको सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार