- गोपाल बटाला

गोपाल बटाला रुकुम पश्चिम । यहाँ सरकारी सवारी साधन मोटरसाइकलको गलत प्रयोग हुँदै आएको छ । रुकुम जिल्लाको आठबिसकोट नगरपालिकाको सरकारी गाडीको चरम दुरुपयोग भएको खुलेको छ ।

नगरपालिकाले जनप्रतिनिधि लाई कामको लागि सहज होस भनेर वडाअध्यक्ष लाई प्रदान गरेको सरकारी सवारी साधन जथाभावी प्रयोग हुँदै आएका छन् । गत फागुन २३ गते बाट आठबिसकोटमा सुरु भएको रास्ट्रपति रनिङ सिल्ड को अवसर पारी सरकारी नम्बर प्लेटका मोटरसाइकल सिल्डमा कार्यक्रम हेर्न आउने ब्यक्तिले प्रयोग गरेका छन् ।

आठबिसकोट नगरपालिका वडा नम्बर -१ का आफू वडाको अध्यक्ष नभएको र सिल्ड हेर्न १ नम्बर वडा बाट वडाको सरकारी मोटरसाइकल ल्याएको भुबन कुसारिले बताए ।

वडा अध्यक्ष देब बहादुर घर्तिको लागि भनेर नगरपालिकाले भे .ब. १५१७ नम्बरको मोटरसाइकल प्रदान गरेको थियो । त्यस्तै पालिकाका अन्य वडाहरुको सवारी साधन पनि जथाभावी रुपमा प्रयोग हुँदै आएका छन् । यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार