- टिमखबर सम्बाददाता

रुकुम पश्चिम ,,शिक्षा युवा तथा खेलकुद शाखा आठबिसकोटको आयोजना मा स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बाल कल्याण माध्यामिक बिध्यालयमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन २३ गते देखि सुरु भएको हो ।

आज चौथो दिन एथलेक्स खेल अन्तरगत छात्र, छात्रा बिच सटफुट र ज्याफ्लीनथ्रो,१५ सय मिटर दौड,४ मिटर दौड र लम्जम्प खेल सम्पन भएको खेलकुद अध्यक्ष सन्देश बिकले जानकारी दिनुभयो ।

एथलेक्स खेल अन्तर्गत सटफुट तर्फ छात्रहरुमा साइकुमारी मा.बि.रोकाजा खेतका खेलाडी सुमन सेर्पाली प्रथम भएका छन दोस्रो ज्ञानोदय मा.बि. चौताराका तिलक बिष्ट दोस्रो भएका हुन भने तृतीय हिमालय मा. बि. खदिका धिरेन्द्र पुन तृतीय भएका छन ।

सटफुट छात्रा तर्फ बालकल्याण मा. बि. राडी कि सर्मिला परियार प्रथम भएकि हुन भने दोस्रो जनता मा.बि. झिन्चौर कि कल्पना बि.क. तृतिय ज्ञानोदय मा.बि. चौतारा कि राधा बिष्ट तृतीय भएको खेलकुद अध्यक्ष बिकले बताउनुभयो ।

त्यस्तै एथ्लेटिक्स खेल अन्तर्गत ज्यामलिनथ्रो मा छात्र तर्फ श्री कालिका मा.बि . सुन्दरपानीका अनमोल केसि प्रथम भएका छन त्यस्तै दोस्रो हिमालय मा.बि. खदीका छात्र गोपाल बुढा दोस्रो भएका हुन भने तृतीयमा आदर्श मा.बि. घेत्मा कमल बहादुर नेपाली तृतीय भएका छन ।

सोही खेल छात्रा तर्फ हिमाल मा.बि. दाजे कि सरिता काल्चे प्रथम भएकि छन भने बालकल्याण मा.बि कि द्रुर्गा शाही दोस्रो भएकि हुन भने श्री सहिद नमुना मा.बि. कि रचना शाही तृतीय भएकि हुन । १५ सय दौड छात्र तर्फ श्री कालिका मा.बि सुन्दर पानीका अनमोल केसि प्रथम, दोस्रो जनता मा.बि. झिन्चौरका प्रकाश घर्ती दोस्रो र हिमालय मा.बि. दाजेका विश्वास बोहोरा तृतीय भएका छन त्यस्तै छात्रा तर्फ साइकुमारी मा.बि रोकाजा खेत कि नमुना बुढा प्रथम, जनजागरण मा.बि.गाउँबारि कि बिमला ओलि दोस्रो र ज्ञानोदय मा.बि.चौतारा कि जनकीदेबि बिष्ट तृतीय भएकि खेलकुद अध्यक्ष बिकले बताए ।

सोहि सिल्डमा ४ सय मिटर छात्र तर्फ दौडमा ज्ञानोदय मा.बि. चौताराका हरि बिक प्रथम, श्री सरस्वती मा.बि. मिग्रीका नवीन बिश्वकर्मा दोस्रो र नेपाल राष्ट्रिय मा.बि. ठुलिबार्खु तृतीय भएको छन । सोहि खेलमा छात्रा तर्फ सरस्वती मा.बि. मिग्री कि तारा बोहोरा प्रथम, ज्ञानोदय मा.बि. चौतारा कि मनिशा केसि दोस्रो र साइकुमारी मा.बि.खेत कि कबिता बुढा तृतीय भएका छन ।

सोही सिल्डमा छात्र तर्फ लम्जम्पमा जनता मा.बि.का कमल नेपाली प्रथम, बालकल्याण मा.बि.का भिम बहादुर बिक दोस्रो र ज्ञानोदय मा.बि.चौताराका सितल बिष्ट तृतीय भएका छन छात्रा तर्फ बालकल्याण मा.बि. राडी कि दुर्गा शाही प्रथम, हिमालय मा.बि.खदी कि सपना बोहोरा दोस्रो र जनजागरण मा.बि.गाउँबारी कि हरिकला बिक तृतीय भएकि छन ।एथलेक्स खेल १०० मिटर दौड, २०० मिटर दौड ३ हजार मिटर दौड,४×१०० रिले , ४×४०० रिले, त्रिपल जम्प र भलिबल तर्फ फाइनल खेल बाँकि रहेको बाकि खेल भोलि खेलाइने शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत इन्द्र बिष्ट बताउनुभयो ।

भलिबल छात्र तर्फ फाइनमा बालकल्याण मा.बि. राडी र सहिद स्मृति नमुना मा.बि राडी बिछ भोलि खेल हुने छ ।
त्यस्तै छात्रा तर्फ बालकल्याण मा. राडी र हिमाल मा.बि. दाजे फाइनलमा पुगेका छन दुबैको फाइनल खेल भोलिहुने आयोकले बताएको छ ।भलिबल तर्फ छात्र छात्राहरुमा जम्मा १८ /१८ टिम मध्य छात्र तर्फ २ टिम र छात्रा तर्फ २ टिम रहेका छन । शिल्ड भोलि सम्मा चल्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार