- प्रेम कुसारी

प्रेम कुसारी रुकुम पश्चिम , हावाले जस्ता उडाउदा ५ जना घाइते भएका छन । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ मा रहेको बालकल्यान मा.बि. को जस्ता हावाले उडाउदा ५ जना घाइते भएका हुन ।

घाइते हुनेमा आठबिसकोट १० कि माया दमाई , वडा नम्बर १० कै राजेन्द्र मल्ल आठबिसकोट ९ निवासी शुसिला बस्नेत र अमृता रसाइली र राम बहादुर मल्ल घाइते हुनुभएको छ । घाईतेको उपचार नगर अस्पताल आठबिसकोटमा भैरहेको छ । घाइतेको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मि कविराम सेर्पालीले जानकारी दिनुभयो । घाईतेहरु आठबिसकोटमा चलिरहेको तेस्रो राष्ट्रपति रनिङ सिल्डमा सहभागी बिध्यार्थिं र स्थानिय रहेका बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार