- छबिलाल बिष्ट

छबिलाल बिष्ट, रुकुम पश्चिमको सानिभेरी गाउँपालिका वडा नम्बर १ मा अबस्थित शितल माद्यामिक बिद्यालय पक्रैयामा अनेरास्ववियु क्रान्तिकारीको मावि मुल ईकाइ समिति गठन गरिएको छ ।

कक्षा ८-९-१० -११ तह अन्तरगत दीपेन्द्र नेपालीको को अध्यक्षतामा ४३ सदस्यीय अनेरास्ववियू क्रान्तिकारीको मुल इकाई समिती गठन गरिएको अनेरास्ववियु क्रान्तिकारी सानिभेरीले जनाएको छ । जसमा उपाध्यक्ष बन्दना पुन,नवराज राना, सचिव सत्य देव घर्ती,सह-सचिव :शुसिला बिष्ट, यकेन्द्र खड्का, कोषाध्यक्षमा भावना पुन, चयन हुनु भएको छ।

उक्त कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारी सानिभेरी गाउँपालिका अध्यक्ष दीपक नकालको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा माओवादी केन्द्र गाउँ समिति सदस्य कल्पना पुनको उपस्थित रहेको थियो कार्यक्रमको सञ्चालन दीपेन्द्र नेपालीले गर्नुभयको थियो भन्ने कार्यक्रमको अध्यक्षता सर्मिला रावतले ले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार