- टिमखबर सम्बाददाता

रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा आठबिसकोटको आयोजना मा स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बाल कल्याण मा.बि.बिध्यालयको प्रागनमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन २३ गते देखि सुरु भएको हो ।

आज शिल्डको सात औं दिन नगरस्तरीय राष्ट्रपती रनिङ शिल्ड सम्पन्न भएको हो । बालकल्याण मा.बि. राडीले ६ स्वर्ण, २ रजत प्राप्त गरि प्रथम भएको खेलकुद युवा तथा खेलकुद विकास समिति अध्यक्ष सन्देश बिकले जानकरी दिनुभयो ।

त्यस्तै ५ स्वर्ण, ४ रजक,२ कास्य प्राप्त गरि दोस्रो स्थान हासिल गर्न सफल साइकुमारी मा.बि रोकाजा खेत , तृतीय स्थानमा ५ स्वर्ण ३ रजक २ कास्य प्राप्त गरि जनता मा.बि. झिन्चौर तृतीय भएको आयोजले बताएको छ ।

त्यस्तै ५ स्वर्ण १ रजत,२ कास्य प्राप्त श्री कालिका मा.बि सुन्दरपानी चौथो भएको छ भने, २ स्वर्ण ३ रजत ३ कास्य प्राप्त गरि पाँचौ स्थानमा ज्ञानोदय मा.बि. चौतारा हुन सफल भएको छ । यश अघि भएको दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड जनता मा.बि. झिन्चौरले हात पारेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार