- टिमखबर सम्बाददाता

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नमबर ९ गिजामा राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ फागु पूणिर्माको अवसरमा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

आठबिसकोट नगरपालिका नि.प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले ब्यानर पढेर उद्घाटन गर्नुभएको हो । यो वर्षको मेलामा वडामा रहेको थ्री स्टार युवा क्लबले पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष घनश्याम शाहले बताउनुभयो ।

उहाँका अनुसार पुरुष तर्फको भलिवलमा प्रथम हुने समुहले २० हजार पुरस्कार सहित मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै दोस्रो हुने समुहले १० हजार सहित मेडल र प्रमाण पत्र तथा प्रतियोगितामा तेस्रो हुने समुहले ५ हजार सहित मेडल र प्रमाण पत्र पाउने छ ।

उक्त मेलामा आठबिसकोट नगरपालिका नि. प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अथितीमा नेपाल कम्निष्ट पाटी माओबादी केन्द्र नगर कमिटी अध्यक्ष रबि केसि,माओबादी केन्द्र वडा नम्बर ९ इन्चार्ज मणिराज बटाला, नेकपा ऐमाले युवा नेता नवराज मल्ल, लगायतको आथित्यता रहेको कार्यक्रमको सन्चाल गिजा गाउँ खेलकुद सचीव चुडामणि रिजालले गर्नुभएको थियो ।
गिजामा अब प्रत्यक वर्ष फागु पुर्णिमा अवसरमा मेला लाग्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार