- टिमखबर सम्बाददाता

रुकुम पश्चिम, मोटरसाइकल दुर्घटनामा परेर आठबिसकोट नगरपालिकाका नगर प्रहरी सहायक निरिक्षक (असई) निरज बि.क. घाइते हुनुभएको छ । उहाँका दुवै हात भाँचिएका छन् ।

बिहिबार दिउँसो आठबिसकोट नगरपालिका वडा नम्बर १० झिन्चौरबाट नगरपालिकातर्फ आउँदै गर्दा कर्णाली प्रदेश ०-२ ०० प ६९५९ नम्बर बाइक चालक होमप्रकाश शाहले पछाडि बाट हानेर बिक घाइते हुनुभएको हो ।

आठबिसकोट नगरपालिका वडा नम्बर १० होम प्रकाश शाह का अनुसार बाटो साँगुरो भएको र आफुले ओभर ट्याग गर्ने क्रम्ममा ब्रेक नलागी बाइको अछाडी लागेको बताएका छन।
आफुलाइ पनि सामान्य चोट लागेको आठबिसकोट नगर अस्पतालमा उपचार गराइरहेको उहाँको भनाइ छ ।

घाइते निरजको आठबिसकोट नगर अस्पतालमा सामन्य उपचार गरि नेपालगंज मेडिकल कलेजमा रिफर गरिएको थियो । अहिले नेपालगंज मेडिकल कलेजमा उपचार भइरहेको बताएको छ । उहाँलाई बिहिबार राति नै थप पचारका लागी नेपालगंज पुर्याइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार