- चन्द्रप्रकाश नेपाली

सुर्खेत ,, लोकतान्त्रिक राष्ट्रिय अपाङ्गता संगठन नेपाल सुर्खेतको अध्यक्षमा दिपक गौतम सर्वसम्मत चयन हुनुभएको छ । सुर्खेतको बिरेन्द्र नगरमा सनिवार भएको संगठनको भेलाले दिपक गौतम को अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो ।

जसको उपाध्यक्षमा बिश्नु दाहाल , सचिवमा नारायण प्रशाद पोख्रेल , सह सचिवमा मान बहादुर बिक र कोषाअध्यक्षमा सरिता जैशि रहनुभएको छ । दिपक गौतमको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष बिनोद शाहको प्रमुख र शिक्षक संघगठन सुर्खेतका अध्यक्ष डिलाराम ढकाल को विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै भेलामा नेकपा एमाले जिल्ला सदस्य पुर्ण प्रसाद पोख्रेल बिष्ट र प्रजित बोहराको पनि आतिथ्यता रहेको थियो । लोकतान्त्रिक अपाङ्गता संगठन नेपाल सुर्खेतका नि वर्तमान सदस्य शेर बहादुर ओलि को स्वागत मन्तव्य रहेको भेलाको संचालन लोकतान्त्रिक अपाङ्गता संघगठनका नि वर्तमान सह सचिव योगेन्द्र शाहीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार