- टिमखबर सम्बाददाता

रुकुम पश्चिम / २०७४ को स्थानीय तहको चुनावमा नेकपा एमालेका वडा नम्बर ९ बाट वडाअध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
अघिल्लो स्थानीयतहमा आठबिसकोट नगरपालिका -९ बाट चुनाव लडेका एमालेका नेता एवं वडाअध्यक्ष का उम्मेदवार शेर बहादुर ओलि सहित अन्य कार्यकर्ताहरुले माओवादीमा प्रवेश गरेका हुन् ।

सोमबार आठबिसकोट नगरलालिका वडा नम्बर १२ रहेको कर्णाली वेभरेजमा भएको विशेष आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम मा एमाले परित्याग गरी शेर बहादुर ओलि सहित एमालेका जिल्ला सल्लाहकार समितीका सदस्य सुरेश चन्द लगायत अन्य कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

एमाले बाट वडा अध्यक्षको पदमा चुनाव लडेका वलि १७४ मत ल्याएर पराजित भएका थिए । पार्टी प्रवेश गर्दै ओलिले भने, ‘एमालेले जनताको मर्म बुझ्न सकेन् । त्यस कारण हामी एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश गर्दछु । किन कि माओवादी केन्द्रले जनताको भावना, मर्म मात्र होइन् । देशलाई निकाश पनि दिँदै आएको छ । नव प्रवेशीहरुलाई अर्थमन्त्री जनार्दन शर्मा,नगरप्रमुख गोरख बहादुर केसी सन्देश लगायतका नेताले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार