- सुनिल बिक

सुनिल बिक रुकुम पश्चिम,, आठविसकाेट नगरपालिका वडा नम्बर ११ काे नेकपा माओवादि केन्द्र वडा कमिटि काे पुर्ण बैठक सम्पन्न भएकाे छ । वडा नम्बर ११काे खेलकुद भवन मा सम्पन्न बैठकमा प्रमुख अतिथि माओवादी केन्द्र का प्रदेश कमिटि कार्यालय सदस्य तथा प्रदेश सभा सदस्य माननीय राताे कामी (आर्टी) हुनुहुन्थ्यो भने,

आतिथ्यतामा , प्रदेश कमिटि सदस्य गिता नेपाली , चन्द्र ब बुढा सागर , आठविसकाेट नगरकमिटि अध्यक्ष रवि के सि , सचिब गाेर्ख ब. कामी (गम्भीर) पार्टिकाे भातृ संगठन ( y c l) नेपाल प्रदेश कमिटि सदस्य तथा आठविसकाेट नगर ईन्चार्ज दल्जित नेपाली लगाएतकाे आतिथ्यता रहेकाे कार्यक्रममा सभा अध्यक्ष प्रेमविर कामी , र कार्यक्रम काे सञ्चालक कर्ण ब. नेपालि (अभ्यास ) रहनुभएकाे थियाे ।

साथै पार्टीको पाँचौ पुर्ण बैठकमा प्रशिक्षण दिदै आठविसकाेट नगर कमिटि अध्यक्ष के. सि ले पार्टि अब पुर्णरुपमा चुनावमा लागिपरेकाे र याे भन्दा पहिले पार्टि सरकारमा गएकाे बेला पनि जन्ताका समस्या र वडा र टाेलमा भएका समस्याहरुकाे हजाराै समस्या लाई हल गरिसकेकाे बताउदै , अब पनि पार्टि पुर्ण रुपमा चुनावमा हाेमिएकाे र सरकारमा पुगिसकेपछि पनि जन्ताका समस्याहरुकै समाधानका निम्ति काम गर्ने जानकारि दिनुभएकाे छ ।

यस्तै गरि प्रदेश कमिटि सदस्य तथा नगर उप-प्रमुख गिता नेपालीले चुनावमा लागि पर्न सम्पूर्ण पार्टि कमिटिका टिम र भातृ संगठनका टिमलाई आह्वान गर्दै , अब आउने चुनावमा अध्यक्ष र सदस्य काे टिकट कस्ले पाउने र कस्लाई दिनेहुन भन्ने कुरामा नआतिन पनि अग्रह गर्दै यी चुनाव टिकटका पात्रपनि पार्टि कमिटि र जन्ता माझ बाटै गरिने भएकाले कहि कतै संका उपसंका नगर्न अनुराेध गर्नूभएकाे छ ।

यस्तै प्रमुख अतिथि राताे कामी (आर्टी) ले कार्यक्रममा सम्बाेदन गर्दै , अब सम्पूर्ण कमिटिहरुलाई चुनावि अवस्थाकाे तयारि अवस्थामा बस्न निर्देशन गर्दै , यहि २५ गते सम्म वडाका हकमा सदस्य र वडा अध्यक्ष काे टुङ्गो लगाएर सिफारिस गर्ने पनि बताउनुभएकाे छ । यसैगरि वडा सदस्य काे टिकट काे हकमा टाेल केन्द्रीत गरि पार्टि वडा कमिटिले टुङ्गो लगाउने , वडा अध्यक्ष काे हकमा जन्ता लेवलकाे माहाेल बुझेर नगर कमिटि ले टुङ्गो लगाउने जानकारी दिदै । अब आठविसकाेट नगरपालिका भित्ररहेका १४ वडा पुरै माओवादी केन्द्रले जित्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार