- टिम खबर सम्बाददाता

रुकुम पश्चिम आठबिसकोट नगरपालिका गाउँ नगर घर घर जाउँ, माओवादी केन्द्रलाइ बिजय बनाउँ अभियान तथा जनभेटघाट कार्यक्रममा अन्तर्गत आठबिसकोट नगरपालिका विभिन्न वडाहरुमा एमाले र काँग्रेसले पटि परित्याग गरि २ सय जना भन्दा बढिले माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

वडा नम्बर ६,४ मा टोल, टोल पुगेर जनभेटघाट अभियान सम्पन्न भएको छ उक्त जनभेटघाट कार्यक्रममा नेपाली काँग्रेस, एमालेका नेता कार्यकर्ताले पाटी परित्याग गरि वडा नम्बर ६ को ठिमी बाट राम बहादुर बोहराको नेतृत्वमा ४१ घर परिवाले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन

सोही जनभेटघाट कार्यक्रम दामाचौर बाट ८५ जना एमाले र काँग्रेस परित्याग गरि माओवादी केन्द्र प्रवेश गरेको जिल्ला समोनय सदस्य हरिभक्त खड्काले बताउनुभयो । उक्त कार्यक्रम होलि चिला बाट एमाले काग्रेस परित्याग गरि १० जना, वडा नम्बर ४ को डाब बाट शेर बहादुर शाही गोबिन्द शाही, लगाएत १७ जना, गोतामकोट परियार टोल र बिष्ट टोलबाट सेते बिष्ट, कल्पना बियम बिष्ट, बाबुराम बिष्ट लगाएतले नेपाली काँग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रदेश गर्नुभएको खड्काले जानकारी दिनुभयो ।

जनभेटघाट कार्यक्रम अन्तरगत वडा नम्बर ७,८, ११ बाट पनि दर्जनौले पाटी परित्याग गरि नेकपा माओवादी केन्दमा प्रवेश गरेको बताएका छन । आज सोही कार्यक्रम अन्तरगत वडा नम्बर १० बाट नेपाली काँग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा डिल कुमारी पुन, हरि बहादुर पुन, अनिल पुन, करण पुन, कल्पना पुन, रमेश चदारा, रमेश बिक, पाशाङ बिक, रबिन्द्र बिक, तविल बिक, जानकी शाही, सन्जु गिरि, दिपा शाही सेतु गिरि, ऐभान गिरि लगाएत १६ जनाले पाटी परित्याग गर्नुभएको छ ।

चैत्र ९ गते देखि गाउँ नगर घर घर जाउँ, माओवादी केन्द्रलाइ बिजय बनाउँ अभियान २ समुहमा कार्यक्रम गर्दै आइरहेको छ । वडा नम्बर ६,४,५,३,२ र १ मा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य लुम्बिनी गौतम, प्रदेश कमिटी सदस्य गोर्खा बहादुर केसि ( सन्देश ) , प्रदेश कमिटी सदस्य जनक बटाला ,जिल्ला समोनय समिती सदस्य हरिभक्त खड्का लगाएतको टिम जनताका घर घर पुगेर जनताका समस्या पाटिको आगामी योजना पाटिको कार्य दिशा, भावि योजना जनभेटघाट कार्यक्रम लियर टोल टोल, वडा, वडामा नेताहरु पुगेका छन ।

सोही अभियान लियर वडा नम्बर ७,८,९,१०,११,१२,१३ र १४ मा प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य रातो कामी ( आर टि), प्रदेश कमिटी सदस्य चन्द बहादुर बुढा ( सागर), प्रदेश कमिटी सदस्य तथा आठबिसकोट नगरपालिका उप प्रमुख गिता नेपाली, प्रदेश कमिटी सदस्य तथा १० नम्बर वडा अध्यक्ष गंगराम चदारा नगरकमिटी अध्यक्ष रबि केसि लगाएतको टिम जनभेटघाट कार्यक्रम लग्नु भएको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ६,४,७,८,१०,र ११ मा जनभेटघाट कार्यक्रम सम्पन्न गरिएको नेकपा माओवादी केन्द्र आठबिसकोट नगरकमिटी अध्यक्ष रबि केसिले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार