- चन्द्रप्रकाश नेपालि

चन्द्रप्रकाश नेपाली रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर ११ बुरज्याम्ना स्थित चार जना कोरोना कङ्क्रमित भएका स्थानीय व्यक्तिले आफुले पाएको रकम बाट गरिब दुखी लाई १/१ बोरा चामल सहयोग गरेका छन् ।

सबै गरिब दुखी हरुको समस्या एउटै भएको र सबैको घर घरमा चुलो बाल्ने र हरेक गरिबि को सुख दुख मा साथ दिने उदेश्य बोकेर ३५ घर परिवार लाई एक एक बोरा चामल वितरण गरेको प्रशान्त कुमार बस्यालले बताएका छन् ।

प्रशान्त कुमार बस्याल , रमिता नेपाली , इन्द्र बहादुर बिक र रत्नकली नेपाली २०७७ बैशाखमा एकै ठाउँका चार जना कोरोना सङ्क्रमित भयका थिए । सोही अनुसार आठिसकोट नगरपालिकाले हरेक कोरोना सङ्क्रमित लाइ प्रती व्यक्ति दस हजार रुपैयाँ को दरले राहत दिएको र सोही रकमबाट चामल खरित गरि वितरण गरेको बस्यालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार