- टिमखबर सम्बाददाता

रुकुम पश्चिम ,नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले मुसिकोटमा प्रभातफेरी कार्यक्रम गरेको

प्रभातफेरी मुसिकोट बजारको कालिकास्थान बाट ,तल्लो बजार हुदै पुनःकालिकास्थान मा आएर कोणसभामा आएर परिणत भएको हो । कार्यक्रममा सहभागीहरुले महासंघ पत्रकारहरुका साझा मुद्दा लिएर अघि बढ्नु पर्ने ,श्रमजीवी पत्रकारहरुको हक हितको लागी लड्न महासंघ अग्रसर हुनुपर्ने बताएका थिए।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखा अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ,जिल्ला समन्वय समिति सदस्य टेक बहादुर ओली ,मुसिकोट नगर प्रमुख देवीलाल गौतम,प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, प्रहरी नायब उपरिक्षक बिष्णु प्रसाद सोती, लगायत बिभिन्न पेशागत संगठनका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको ऊपस्थिति रहेको थियो ।

साथै महासंघले जिल्ला अस्पताल सल्लेमा बिरामीहरुलाई फलफुल बितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष केसीले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम – प्रेस पालिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार