- टिमखबर सम्बाददाता

रुकुम पश्चिम नेकपा एकिकृत समाजबादी रुकुम पश्चिमको ‘जनताको माझमा जाउँ, एकिकृत समाजवादीलाई जिताउ’ भन्ने अभियान अन्तरगत जिल्लाका चार वटा पालिकामा बैठक तथा भेला सम्पन्न भएको छ । सोही अभियान अन्तरगत आठविसकोट नगरपालिकामा पनि भेला सम्पन्न भएको हो ।
भेलाले नगर कमिटि पुर्नगठन गरेको छ ।
विनोद पुनको अध्यक्षतामा नगर कमिटि पुन निर्माण गरिएको जिल्ला अध्यक्ष विमलकुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार उपाध्यक्षमा खडानन्द रिजाल, अमृता सार्की, सचिवमा यज्ञराज खड्का, उपसचिवमा तारानाथ योगी, तिलक पुन, खम्बु मल्ल रहनुभएको छ । नगर कमिटि ७९ सदस्यीय गठन गरिएको हो ।

भेलामा पार्टीका पोलिटव्यूरो सदस्य तथा प्रदेश कमिटि सह–ईञ्चार्ज शेरबहादुर केसी, प्रदेश कमिटि सचिव ठगेन्द्रप्रकाश पुरी, केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज देवि ओली, केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष विमलकुमार पुन, प्रदेश कमिटि सदस्य सुरजकुमार परियार, चन्द्रबहादुर विक, जिल्ला सचिव हरिप्रशाद शर्मा लगायतको आतिथ्यता रहेको थियो । नेकपा एसले चुनावी अभियान अन्तरगत जिल्लाका ४ वटा पालिकामा पालिका स्तरिय बैठक, प्रशिक्ष तथा भेला सकाएको छ । चौरजहारी नगरपालिका र मुसीकोटमा भेला गर्न बाँकी रहेको जिल्ला अध्यक्ष पुनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार