- टिमखबर सम्बाददाता

रुकुम पश्चिम आठबिसकोट नगरपालिका गाउँ नगर घर, घर जाउँ माओवादी केन्द्रलाइ बिजय गरौं अभियान तथा जनभेटघाट कार्यक्रम अन्तर्गत रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर ९ बटालागाउँ, र वडा नम्बर ८ घर्तीगाउँमा जनभेटघाट कार्यक्र सम्पन्न गरिएको छ ।

उक्त अभियानमा नेपाल कम्निष्ट पार्टी माओवादी केन्द्रिय सदस्य लुम्बिनी गौतम, प्रदेश कमिटी सदस्य तथा आठबिसकोट नगरपालिका नगर प्रमुख गोर्ख बहादुर केसि ( सन्देश ) लगाएतका नेताहरुको उपस्तिथिमा जनभेटघाट कार्यक्रम सम्पन्न गरिएको वडा इन्चार्ज मणिराज बटालाले जानकारी दिनुभयो ।

उक्त जनभेटघाट कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले परित्याग गरि नेपाली काग्रेस बाट देउमी बिक, निर्मला बिक, एमालेका पुर्व वडा इन्चार्ज प्रजित खत्री ,नरेन्द्र केसि र एमाले पार्टिका वडा कमिटी सदस्य जगे बटाला लगायत दर्जनौ कार्यक्रताले पाटी प्रवेश गरेका छन ।

कार्यक्रममा केन्द्रिय सदस्य लुम्बिनी गौतमले माओवादी केन्द्र पाटिको आगामी कार्यदिशा, पार्टिको आगामी योजना लाई आत्मसात गरि एक ढिक्का भएर लाग्ने अब आउने निर्बाचनमा बहुमतले माओवादी केन्द्रलाइ जिताउन सबै लाग्न अनुरोध गर्नुभएको छ ।

प्रदेश कमिटी सदस्य तथा नगर प्रमुख केसिले आफू निर्वाचित भए पहिला नगरपालिकाको अवस्था, अहिलेको अवस्थामा प्रष्ट पर्दै यातायात, शिक्षा, कृषि, भौतिक पुर्वधार क्षेत्रमा भएका बिकासका बरेमा जनभेटघट कार्यक्रममा प्रष्ट पार्नुभएको हो । जनभेटघाट कार्यक्रममा वडा नम्बर ९ पार्टी मजबुत, बलियो बनाउन ५ वटा सेल कमिटी, ५ वटा टोल कमिटी, वडा कमिटी निर्माण गरेको वडा इन्चार्ज बटालाले बताउनुभयो ।

सोही जनभेटघाट कार्यक्रम अन्तरगत वडा नम्बर ८ को घर्तीगाउँ पनि गरिएको छ । उक्त कार्यक्रम नेपाली काँग्रेस , एमाले गरि १० जनाले पार्टी परित्यग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेपाली काँग्रेस वडा सदस्य अमृत सार्की, नगरकमिटी सदस्य , रमा गुरुङ, बृस्पती सार्की, नन्नकली सर्की, एमाले बाट कर्ण बहादुर, अमृत पुन, लक्ष्मि सार्की , सुनिता पुन, कृष्ण सार्की लगायतका कार्यक्रताले पाटि परित्याग गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार