- टिमखबर सम्बाददाता

रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर १४ वडा कमिटी अध्यक्ष खुम्बु मल्लको अध्यक्षतामा तेस्रो बैठक सम्पन्न गरिएको प्रचार प्रचार समिति सदस्य रमेश मल्लले जानकारी दिनुभएको छ ।

उक्त बैंठमा गरिएका निर्णयहरु स्थानीय निर्वाचनको लागि प्रचारप्रसार समिति गठन, चुनाबि संवादको लागि वार्ता समितिले गठन,स्थानीय निर्वाचनमा पार्टीलाई बिजय गराउनको निम्ति टोल कमिटि गठन, पार्टी सम्पर्क कार्यलय १४ स्थापना गरिएको छ ।

प्रचार बिभाग समिती खुम्बु मल्ल संयोजक,रमेश मल्ल सदस्य ,भिम्दल मल्ल ,प्रेमबहादुर मल्ल ,अन्नने कामि सहिद ५ जनाको कार्यदल बनाएको छ । बैंठकमा चुनावि सहजिकरणको लागि वार्ता समितिमा खुम्बु मल्लको संयोजक,सदस्यमा भिम्दल, मल्ल रमेश मल्ल, बिजय मल्ल, प्रेमबहादुर मल्ल, रत्नाकुमारि मल्ल ,अनन्ते कामि, कालु मल्ल र दुर्गा मल्लको सहजीकरण वार्ता टोलि कार्यसमिति गठन गरिएको प्रचार प्रचार समिति सदस्य मल्लले बताउनुभयो ।

यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गरि बिभिध महत्वपूर्ण निर्णय गरि तेस्रो बैठक सम्पन्न गरिएको सदस्य मल्लले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार