- टिमखबर सम्बाददाता

रुकुम पश्चिम नेपाल राष्ट्रिय कर्मचारी महासंघ रुकुम पश्चिमको चौथो अधिवेशन सम्पन्न भएको छ । अध्यक्षमा चिताराम खड्का चयन भएका
छन । सदरमुकाम खलंगा स्थित सहिद स्मृति प्रतिष्ठानमा भएको संगठनको सम्मेलनले खड्काको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मिना शर्मा, सरस्वती सापकोटा, कृष्ण शर्मा, समिर गौतम सचिवमा मानबहादुर बटाला, सह सचिवमा कमल पुन र कोषाध्यक्षमा खिमबहादुर ओली चयन भएका छन् ।

नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनमा डिल्लीराज बोहरा चयन
सोही कार्यक्रममा नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनमा अध्यक्षमा डिल्लीराज बोहोरा चयन भएका छन । संगठनको सम्मेलनले बोहोराकाे अध्यक्षतामा ३५ सदस्यीय समिति चयन गरेको हो । उपाध्यक्षमा सुनिल केसी, कर्णविर केसी, रामबहादुर सुनार, सुमित्रा रोकाय, सचिवमा दिनेश विष्ट, सह सचिवमा धनन्जय रिजाल र कोषाध्यक्षमा हिरा पुन चयन भएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीमा तेजबहादुर खत्री चयन भएका छन् । तेस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिमा अध्यक्षमा तेजबहादुर खत्री चयन भएका छन । आज मुसीकोटमा भएको चौथो जिल्ला सम्मेलनबाट खत्रीको अध्यक्षतामा जिल्ला समिति गठन भएको हो । समितिको उपाध्यक्षमा उपाध्यक्ष यमा केसी, भूपेन्द्र पुन, जयबहादुर बुढा, प्रवेश परियार, सचिवमा जनक खड्का, सह सचिवमा अनिल केसी र कोषाध्यक्षमा चाँदनी महतारा चयन भएका छन् । सम्मेलनले ३५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति स्वास्थ्यकर्मी र स्थानीय तह मुसीकोट नगरपालिका रुकुम पश्चिमको प्रथम अधिवेशन सम्पन्न भएको छ । सेरीगाउँ स्थित सहिद स्मृति प्रष्तिठानको हलमा भएको अधिवेशनले भेषराज गौतमको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । उपाध्यक्षमा बेदराम ओली, सचिवमा खकेन्द्र अधिकारी, सह सचिवमा शिवराज महतारा र कोषाध्यक्षमा शुष्मा बुढा चयन भएका छन् ।

नेकपा माओवादीका केन्द्रीय सदस्य राजकुमार शर्माको प्रमुख र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका केन्द्रीय अध्यक्ष हरि रावलको विशेष आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा माओवादी केन्द्रीय सदस्य वसन्तकुमार शर्मा, लक्ष्मी पुन, जिल्ला संयोजक गोविन्द रोका, कर्मचारी संगठनका सचिव शेरबहादुर खड्का लगायतको पनि आतिथ्यता रहेको थियो । तेजबहादुर खत्रीको अध्यक्षतामा भएको सम्मेलनको सञ्चालन इश्वर रावलले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार