- टिमखबर सम्बाददाता

रुकुम पश्चिम आठबिसकोट गाउँ नगर घर, घर जाउँ माओवादी केन्द्रलाइ बिजय गरौं अभियान तथा जनभेटघाट कार्यक्रम अन्तर्गत रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर ९ गिजा र वडा १२ ठुलिबार्खुमा जनभेटघाट कार्यक्र सम्पन्न गरिएको छ ।

उक्त अभियानमा नेपाल कम्निष्ट पार्टी माओवादी केन्द प्रदेश कमिटी सदस्य तथा आठबिसकोट नगरपालिका नगर प्रमुख गोर्ख बहादुर केसि (सन्देश) प्रदेश कमिटी सदस्य रातोकामी, सदस्य जनक बटाला, सदस्य गिता नेपाली, जिल्ला सचिवालय सदस्य हरिभक्त खड्का लगाएतका नेताहरुको उपस्तिथिमा जनभेटघाट कार्यक्रम सम्पन्न गरिएको वडा नम्बर ९ इन्चार्ज मणिराज बटालाले जानकारी दिनुभयो ।

उक्त जनभेटघाट कार्यक्रममा वडा नम्बर ९ गिजाबाट नेपाली काँग्रेस परित्याग गर्ने नर बहादुर मल्ल, सुवर्ण मल्ल, धन बहादुर शाह, कैषिला शाह, नरजङ शाह, पदम बहादुर पुन दत्त बहादुर परियार, शुदिप मल्ल,नर बहादुर शाही नेपाली काँग्रेसका परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

हिजो जनभेटघाट कार्यक्रम आठबिसकोट नगरपालिका वडा नम्बर १२ ठुलिबार्खुमा गरिएको बताइएको छ । कार्यक्रममा नेपाली काँग्रेसका वडा कार्यसमिति सचीव धिरेन्द्र कुमार पुन, अनिल परियार, शान्त बहादुर परियार, पहल सिह पुन, धन बहादुर पुन, पृथ्वी बुढा, हरिराम बुढा, कल्पना पुन मगर, कमला पुन मगर, सगिता नाथ, तुले पुन र सुमन पुन एमाले बाट लाल बहादुर पुन, पबित्रा कठायत र लोकेश पुन लगायतका दर्जनौ कार्यक्रताले पार्टी प्रवेश गरेका छन ।

प्रदेश कमिटी सदस्य तथा नगर प्रमुख केसिले आफू निर्वाचित भए पहिला नगरपालिकाको अवस्था, अहिलेको अवस्थामा बारे प्रष्ट पर्दै यातायात, शिक्षा, भौतिक पुर्वधार क्षेत्रमा भएका बिकासका बारेमा जनभेटघाट कार्यक्रममा प्रष्ट पार्नुभएको छ ।
नगर प्रमुख केसिले कार्यक्रममा पहिलो स्थानीय निर्वाचनमा जनता सामु भोट माग्दा शिक्षा बिकास गर्ने एजेन्डा लिएर हिडेका थियौं, त्यो पहिलेको तुलनामा शिक्षाको मुहार फेरेको बताउदै अहिले कृषिमा मुख्य एजेन्डा लिएर हिडेको बताउनुभयो ।

आठबिसकोट नगरपालिका १४ वटै वडामा पार्टी मजबुत र बलियो बनाउन पार्टीले सेल कमिटी, टोल कमिटी, वडा कमिटी निर्माण गरेको छ । टोल, टोल, गाउँ,गाउँमा जनताका समस्य के छन जनताले पार्टिसग के अपेक्षा गरेका छन भने बिषय लियर सावधानका लागि प्रत्येक टोल, वडा, वडामा जनता भेटघाट कार्यक्रम लिए हिडेको इन्चार्ज बटालाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार