- टिमखबर सम्बाददाता

रुकुम पश्चिम आठबिसकोट गाउँ नगर घर, घर जाउँ माओवादी केन्द्रलाइ बिजय गरौं अभियान तथा जनभेटघाट कार्यक्रम अन्तर्गत रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर १ उभोखोलामा जनभेटघाट कार्यक्र सम्पन्न गरिएको छ ।

उक्त अभियानमा नेपाल कम्निष्ट पार्टी माओवादी केन्द प्रदेश कमिटी सदस्य तथा आठबिसकोट नगरपालिका नगर प्रमुख गोर्ख बहादुर केसि (सन्देश) जिल्ला सचिवालय सदस्य हरिभक्त खड्का , आठबिसकोट नगर कमिटी अध्यक्ष रबि केसि, वाइसीएल नेपाल आठबिसकोट नगर कमिटी अध्यक्ष बिजय बिक लगाएतका नेताहरुको उपस्तिथिमा जनभेटघाट कार्यक्रम सम्पन्न गरिएको नगर कमिटी अध्यक्ष रबि केसिले जानकारी दिनुभयो ।

उक्त जनभेटघाट कार्यक्रममा वडा नम्बर १ बाट नेकपा एमाले परित्याग गर्ने अमृत बिक, अनन्त बुढाथोकी , सर्पे बुढा ,गोपिलाल बुढा, बलबिर बुढा, अमर बहादुर बुढा, खड्के बुढा, लालसरी बुढा,कृष्ण गहतराज, रिउली बुढा,कमला परियार र बासमती घर्तीले नेकपा एमाले परित्याग गरेका छन ।भने काँग्रेस बाट वसन्त सिर्पाली र रिउली सिर्पालीले पार्टि परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका नगर कमिटी अध्यक्ष केसिले बताउनु भयो ।

प्रदेश कमिटी सदस्य तथा नगर प्रमुख केसिले आफू निर्वाचित भए पहिला नगरपालिकाको अवस्था, अहिलेको अवस्था बारे प्रष्ट पर्दै यातायात, शिक्षा, भौतिक पुर्वधार क्षेत्रमा भएका बिकासका बरेमा जनभेटघट कार्यक्रममा प्रष्ट पार्नुभएको छ ।
नगर प्रमुख केसिले कार्यक्रममा पहिलो स्थानीय निर्वाचनमा जनता सामु भोट माग्दा शिक्षा बिकास गर्ने एजेन्डा लिएर हिडेको थियौं, त्यो पहिलेको तुलनामा शिक्षाको क्षेत्रमा मुहार फेरेको बताउदै अहिले कृषिमा क्षेत्रलाई मुख्य एजेन्डा लिएर हिडेको बताउनुभयो ।

आठबिसकोट नगरपालिका १४ वटै वडामा पार्टी मजबुत र बलियो बनाउन पार्टीले सेल कमिटी, टोल कमिटी, वडा कमिटी निर्माण गरेको छ । प्रत्यक टोल, गाउँ,गाउँमा जनताका समस्य के छन जनताले पार्टिसग के अपेक्षा गरेका छन भन्ने बिषय लियर सावधानका लागि प्रत्येक टोल, वडा, वडामा जनता भेटघाट कार्यक्रम लिए हिडेको अध्यक्ष केसिले बताउनुभयो । जनभेटघाट कार्यक्रम जारी रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार