- टिमखबर सम्बाददाता

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा टाईफाईड विरुद्धको खोप अभियान सुरु हुने भएको छ । आठविसकोट नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा चैत २५ गते देखी ३० गतेसम्म उक्त अभियान सञ्चालन हुने भएको हो ।

सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययणरक्त विद्यार्थी लगायत १५ महिने बालबालिकादेखी १५ बर्ष उमेर समुहका बालबालिकाहरुलाई टाईफाईड विरुद्धको खोप अभियान सञ्चालन हुने शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख ईन्द्र बहादुर विष्टले बताउनुभयो ।

उक्त खोप सफल पार्न विद्यालय मार्फत सामुदायिक स्तरमा सन्देश पुग्ने गरी प्रचार प्रचार गरी सामुदायमा खटिएका खोप कार्यकर्तालाई आवश्वक सहजीकरण गरिदिनुहुन नगरपालिकाले सवैमा आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार