- चन्द्रप्रकाश नेपाली

सुर्खेत । नेत्रहीन युवा संघ नेपाल शाखा सुर्खेतको तेस्रो वार्षिक साधारणसभाबाट पुन: अध्यक्ष मा शेरबहादुर ओलि सर्वसहमत चयन हुनुभएको छ । सुर्खेतको बिरेन्द्र नगरमा भएको साधारणसभाले शेरबहादुर वलिको अध्यक्षतामा ९ समिति चयन गरेको हो ।

जसको उपध्यक्षमा उत्तम बिक , सचिवमा चेतन सुनार , सह सचिवमा टिका बिक र कोषाध्यक्षमा सम्झना बडुवाल रहनुभएको छ । वलिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष बिस्नु प्रसाद शर्माको रहेको थियो प्रमुख अतिथि शर्माले उक्त कार्यक्रममा अपाङ्गताको सवालमा अझै धेरै काम गर्न बाँकि रहेको बताउँदै उपस्थित दृश्टि सम्बन्धी अपाङ्गता भएका युवाहरूको सङ्ख्याले अपाङ्गता भएका व्यक्तिहरूको मुद्दा सशक्त रूपमा उठाउन सक्छौँ भन्ने पुस्टि गरेको भन्नुभयो ।

एक फरक प्रसङ्गमा शर्माले कर्णाली प्रदेशका केहि जिल्लामा अपाङ्गता भएकालाई मानवको तल्लो दर्जा दिईने गरेको उल्लेख गर्दै अपाङ्गतालाई मानवताको आँखाबाट सबैले हेर्नुपर्ने बताउनु भयो । यस्तै विषेश अतिथि अतिथि, नेत्रहिन संग कर्णाली प्रदेशका अध्यक्ष सुरेश खड्का, महिला, बालबालिका र ज्येष्ट नागरिकको तुलनामा अपाङ्गताको सवाल ठोस रूपमा उठाउन कठिन रहेको बताउनुभयो । अपाङ्गता घर–घरमा नहुने हुँदा अपाङ्गताको सवाल सुरुमा सबैले हल्का रूपमा लिने गरेको उहाको भनाइ छ ।

अर्का अतिथि, नेत्रहिन युवा संघ नेपालका केन्द्रीय सदस्य एवं नेत्रहिन युवा संघ शाखा कैलालीका अध्यक्ष अर्जुन रावलको रहेको थियोे उक्त कार्यक्रममा बोल्दै रावलले,राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएको कुरा उल्लेख गर्दै दृश्टि सम्बन्धी अपाङ्गता भएकाहरूको सवालमा दश वर्षमा धेरै काम भएको बताउनुभयो । विशेष गरी नेत्रहिन युवाहरूको लागि गुणस्तरीय तथा पहुँचयुक्त शिक्षामा नेत्रहिन युवा संघले अभोत्पुर्व सफलता हासिल गरेको भन्दै रावलले अझै पनि देशका अधिकांश दृश्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरू विभिन्न कारणबाट अधिकारबाट बञ्चित रहनु चुनौतिको कुरा रहेको बताउनुभयो ।

उक्त कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष उत्तम बिक कार्यक्रम सन्चालन सचिव चेतन सुनारले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष सम्झना बडुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार