- टिमखबर सम्बाददाता

काठमाडाैं । रुकुम पश्चिम आठबीसकाेट नगरपालिका वडा ३ घर भएका सामुयल बुढा मगर उपचार गर्न काठमाडाैं आएका कीर्तिपुरबाट हराएका छन् ।

नेपालीमा हिन्दी भाषा मिक्स गरेर बाेल्ने कालाे टिसर्ट र राताे हाफपाइन्ट लगाएकाे, टाउकाेमा हल्का चाेट लागेकाे जस्ताे देखिने अन्दाजी २६/२७ वर्षका व्यक्ति मंगलबार बिहान कीर्तिपुरकाे पाँगाबाट हराएका हुन् ।

हराएकाे ब्यक्ति बिजुलीको पोल बाट लडेर टाउकाेमा गम्भीर चाेट लागेकाेले एक महिनादेखि ट्रमा सेन्टरमा उपचार भइरहेकाे थियाे । यदि कोही कसैले भेट्नुभएमा परिवारकाे सम्पर्क नम्बर ९८४५५५४४१८ वा ९८४३७७२५२४ मा खबर गरिदिनुहुन विनम्र अनुराेध गर्दछाैँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार