- टिमखबर सम्बाददाता

रुकुम पश्चिम आठबिसकोट नगरपालिकाको आयोजनामा महिलाहरुमा हुने प्रजनन् स्वास्थ्य सम्बन्धि २ दिने नि:शुल्क स्वास्थ शिविर सुरु गरिएको स्वास्थ्य तथा सामाजिक विकास शाखा संयोजक प्रेम प्रकाश रोकायले बताएनु भयो ।

उक्त शिविरमा दिइने सेवाहरुमा पाठेघरको मुखको क्यान्सर जाँच तथा परामर्श सेवा, रिङ पेसरी सेवा, पाठेघर सम्बन्धि अन्य सेवा, प्रजनन् स्वास्थ्य,नि:शुल्क भिडियो एक्सरे सेवा, अब्स्ट्रेटिक फिस्टुला सम्बन्धि सेवा , औषधि, ल्याप सेवा, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा आदि सेवाहरु प्रदान गरिने संयोजक रोकायले जानकारी दिनुभयो ।

आठबिसकोट नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा महिलाहरु मा हुने तल्लो पेट सम्बन्धि समस्यहरु धेरै पाएकोले उक्त समस्या कम गरि विरामी दर घटाउने, आठबिसकोट नगर अस्पताल बाट प्रजनन् रुग्नता सेवा नियमित रुपमा सञ्चालन गर्ने, स्थानीय स्तरमा बिशेषज्ञ सेवा प्रदान गरि बिरामीको आर्थिक भार कम गर्ने उदेश्यका साथ शिविर सञ्चालन गरिएको संयोजक रोकायले बताउनु भयो ।

उक्त २ दिने शिविरमा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर केहल बिक्रम जि.सि लगायतको टिमबाट सेवा प्रवाह गर्नुहुनेछ । शिविर भोलि ५ बजे सम्मा चल्ले बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार