- टिमखबर सम्बाददाता

रुकुम पश्चिम आठबिसकोट नगरपालिका आसन्न स्थानीय तहको निर्वाचनमा आठबिसकोट नगरपालिकाका लागि नेकपा माओवादी केन्द्रले पार्टीको तर्फबाट रबि केसी लाई नगरप्रमुखको उम्मेदवार सिफारिस गरेको छ । माओवादी केन्द्रले केसी लाई नगरप्रमुख र धनकुमारी शाही लाई उपमेयरको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

आठबिसकोटको नगरप्रमुख उम्मेदवारका लागी चर्चाको शिखरमा रहेका नेता केसी लाई पालिका स्तरदेखि नै युवाहरुको माग रहेको थियो। बिद्यार्थी राजनीति बाट राजनीतिक यात्रा सुरु गरेका केसी आठबिसकोटमा स्थापित युवा नेता हुन् ।
स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमका सबै पालिकामा उम्मेदवार सिफारिस गरेको छ ।
नेकपा माओबादी केन्द्र रुकुम पश्चिमको स्थानीय तहको निर्वाचन प्रयोजनार्थ गठित उम्मेदवार छनौट एवं सिफारिस समितिको बैठकले आज जिल्लाका ६ वटै पालिकाबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार