- सत्य बटाला

रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा नगर प्रमुखमा रबि केसि उप प्रमुखमा धन कुमारी शाही सिफारिस हुनुभएको छ ।
राजनीति शास्त्र का एक अब्वल बिद्यार्थी,राजनीतिबाट स्थापित भई पार्टीका विभिन्न जिम्मेवारी मा रहेर जनताको सेवकको भुमिका मा रहि आफ्नो राजनीतिलाई आत्मसाथ गर्दै आउनुभएका नेकपा (माओवादी केन्द्र) आठबिसकोट नगर कमिट अध्यक्ष रबि केसि जनयुद्ध को आदारभुमि आठविसकोट नगरपालिका बाट नगर प्रमुख को उम्मेदवारी को लागि जिल्लाबाट प्रदेशमा सिपारिस हुनु भएको हो ।

सोमबार बसेको माओवादी केन्द्र रुकुम पश्चिमको बैठकले जिल्लामा सत्ता गठबन्धनले भागबन्डाको टुङ्गो नलगाउँदै नेकपा माओवादी केन्द्रले जिल्लाका सबै पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षका उम्मेदवारको टुंगो लगाई प्रदेशमा सिफारिस गर्ने निर्णय गरेको छ ।

पहिलो स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधीमा चयन भएका नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई नदोहर्यायाउने निर्णय गरेको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिनुभय ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार