गोपाल बटाला रुकुम पश्चिम् । रुकुम पश्चिममा आजदेखी माध्यामिक परीक्षा एसईई सुरु भएको छ । कोरोनाको कारण लामो अघिल्लो वर्ष स्थगित भएको परीक्षा आज शुक्रबारदेखि देशैभर सुरु भएको हो
।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा उत्साह जनक सहभागीता सहित एसईई परिक्षा सुरु भएको छ ।नगरपालिकाबाट ७ सय ३१ जना विद्यार्थी परिक्षामा सहभागी भएका छन् । ३ सय ८१ जना छात्र र ३ सय ५० छात्रा रहेको शिक्षा अधिकृत इन्द्र बहादुर बिष्टले जानकारी दिए ।
चारवटा परिक्षा केन्द्र रहेको उक्त नगरपालिकामा अघिल्लो वर्ष भन्दा यसपटकको परिक्षामा विद्यार्थीको संख्या बढ्दो रहेको छ ।