रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र बाट नगर प्रमुख र उपप्रमुखका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । प्रमुखमा रबि के सि र उपप्रमुखमा धनकुमारी शाहीले उम्मेदवारी दिनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालय राडीमा पुगेर उहाँहरुले उम्मेदवारी दिएको हो । सत्तारुढ दलले गठबन्धन गर्ने केन्द्रको निर्णय भएपनी यहाँ भने गठबन्धन भएको छैन।
हालसम्म माओवादी केन्द्रले मात्रै उम्मेवादरी दर्ता गरेको छ । त्यसपछि कांग्रेस र समाजवादीले उम्मेदवारी दिने गरी निर्वाचन अधिकृतको कार्यालयमा समय मागेको निर्वाचन अधिकृत गणेश कुमार गौतम ले जानकारी दिनुभयो ।