- टिमखबर सम्बाददाता

रुकुम पश्चिम, आगामि बैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि माओवादी केन्द्र आठबिसकोट नगरपालिका ले पनि वडा अध्यक्षहरुको उम्मेदवारी दर्ता गरेको छ । निर्बाचन अधिकृत को कार्यालयमा पुगेर आफ्नो नाम दर्ता गराउनु भएको हो ।

वडा नंं. १ को अध्यक्षमा देब बहादुर घर्ती , वडा नं. २ अध्यक्षमा देब बहादुर यरि , वडा नं. ३ मा केशर्मान बिक , वडा नं. ४ मा यज्ञ बहादुर बिक , वडा नं. ५ मा घनश्याम भन्डारी , वडा नं. ६ मा गोपाल केसिले दर्ता गराउनु भएको छ ।

त्यस्तै वडा नं. ७ मा ,अमृत बोहोरा वडा नं. ८ मा खगेन्द्र बिक, वडा नं. ९ मा गोकर्ण कुमार चन्द , वडा नं. १० मा खडक जंग शाह , वडा नं. ११ मा प्रेमविर रसाइली , वडा नं. १२ खुम्बे कुसारि, वडा नम्बर, १३ टेग बहादुर थापा, र १४ नं.मा हुकुम पुनले वडा अध्यक्षमा नाम दर्ता गराएका हुन । त्यस्तै नगर प्रमुखमा रबि केसि र उप–प्रमुखमा धन कुमारी शाहि को नाम दर्ता गराउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार