सत्य बटाला रुकुम पश्चिम नेकपा माओवादी केन्द्र आठविसकोटमा चुनावी अभियान अन्तर्गत आज आठबिसकोट वडा नम्वर १४ को बाँकेज्युला बाट सुरु गरेको छ ।
आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनमा आफुहरुलाई बहुमतका साथ बिजय बनाउनु सबै गाउटोल मा गयर जनताका मर्म भावना बुझने र जनताको काम गर्ने पाटी भयकै कारण माओवादी केन्द्रका उम्मेद्वारहरुलाई विजयी बनाउन टोलटोलमा गयर निर्वाचन केन्द्रित कार्यक्रम गर्ने बताएको छ ।
आज पहिलो दिन आठविसकोट नगरपालिका १४ बाँकेज्युला, पिपल चौर , छेपारे, ओखरबाटा र सवारीमा घरदैलो अभियान सम्पन्न गरिएको छ ।
आज भयको चुनाव केन्द्रीत कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा नगरपालिका उपप्रमुख गिता नेपालको प्रमुख आतिथ्यता मा भयको कार्यक्रममा नगरपालिका नगर प्रमुख उमेद्वार रबि केसि ,उपप्रमुख उमेद्वार धन कुमारी शाही,नेकपा( माओवादी केन्द्र) रुकुम(पश्चिम्)- काठमाडौ सम्पर्क समन्वय जिल्ला समितिका सह- सचिव तथा अखिल(क्रान्तिकारी) बागमती बिशेश प्रदेश कमिटी सदस्य अनिल के सि, प्रेस सेन्टर नेपाल आठविसकोट नगर कमिटी अध्यक्ष तथा सुचना प्रचार प्रसार समिति सदस्य सत्य बटाला, वाईसीएल आठबिसकोट नगरकमिटी अध्यक्ष बिजय बिक, नगरकमिटी वाईसिएल उपाध्यक्ष खडक बिक ,लगाएतको नेता कार्यकर्ता र वडा नम्वर १४का जनसमुदायको उपस्थित थियो ।
कार्यक्रममा बोल्दै उमेद्वार नगर प्रमुख उमेद्वार केसिले समाजबाद उन्मुख समृद्ध आठबिसकोट नगरपालिका का लागी १४ वटै वडामा माओवादी केन्द्रलाई भोट दीएर बिजय गराउनुपर्ने उहाँले बताउनुभयो १४नम्वर वडामा पनी हामीले जित्नु पर्ने र यहाँका जनताको कामको लागी १४ नम्वरका उम्मेद्वारहरुलाई हँसिया हथौडा मा सबैले छाप लगाएर बिजय गराउन सबैलाई उपिल गर्नुभयो ।प्रमुख अतिथी गिता नेपालीले सबै जनसमुदाय चुनावी अभियानमा हुमीन निर्देशन दिनुभएको छ ।
माओवादि केन्द्र १४ न वडा अध्यक्षका उम्मेदवार हुकुम पुनको अधक्ष्यतामा भयको कार्यक्रमको सन्चालन माओवादी केन्द्र वडा नम्बर १४ वडा कमिटी अध्यक्ष गोबिन्द प्रकाश खड्काले गर्नुभयको थियो ।