- टिमखबर सम्बाददाता

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नगर घर, घर जाउँ माओवादी केन्द्रलाइ बिजयि गरौं अभियान तथा उम्मेदवार र जनप्रतिनिधि परिचात्माक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नगरपालिकाको वडा नम्बर ९ गिजामा भब्यताका साथ सम्पन्न भएको वडा नम्बर ९ का इन्चार्ज मणिराज बटालाले जानकारी दिनुभयो ।

उक्त अभियानमा नेकपा माओवादी केन्द्र आठबिसकोट नगरपालिका ९ नम्बर वडा इन्चार्ज मणिराज बटाला माओवादी केन्द्रका प्रेदेश कमिटी सदस्य गंगाराम चनारा, आठबिसकोट नगरपालिका ९ नम्बरका पार्टी अध्यक्ष तथा हालका वडा अध्यक्षका उमेदवार गोकर्ण कुमार चन्द त्यस्तै वडा सदस्य का उमेदवार देवसरा पुन, सीता परियार, मन बहदुर बटाला, र लाले कामी लगाएतका नेताहरुको उपस्तिथिमा उमेदवार र जनप्रतिनिधि बिच कार्यक्रम सम्पन्न गरिएको बटालाले जानकारी दिनुभयो ।

उक्त परिचात्मक कार्यक्रममा उम्मेदवार चन्दको ९ नम्बर वडा अध्यक्षको जित निश्चित भएको भन्दै बटालाले अग्रिम शुभकामना समेत दिनु भएको छ । वडा अध्क्षयका उम्मेदवार चन्दले जनताको भावना लाई आत्मसात् गरेर चुनावमा होिमको बताउनुभयो ।

आठबिसकोट नगरपालिका १४ वटै वडामा पार्टी मजबुत र बलियो बनाउन पार्टीले सेल कमिटी, टोल कमिटी, वडा कमिटी निर्माण गरेको छ । टोल, टोल, गाउँ,गाउँमा जनताका समस्या के छन जनताले पार्टिसग के अपेक्षा गरेका छन भने बिषय लियर सावधानका लागि प्रत्येक टोल, वडा, वडामा जनता भेटघाट कार्यक्रम लिए हिडेको इन्चार्ज बटालाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार