- टिमखबर सम्बाददाता

रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा वडा नम्बर ७ मा नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि जंग बहादुर नेपाली सहित ३० जना कार्यकर्ताले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

काग्रेसका क्षेत्रीय सभापति प्रतिनिधि जंग बहादुर नेपाली, वडा उप सभापति आइते रोकाय, खिम बहादुर तिरुवा, बिक्रम तिरुवा, सिला नेपाली, खली तिरुवा, भुमिका नेपाली, सशिली नेपाली, दिपक बुढा, सुनिल आर सि, ढिला बुढा, जैकली बुढा, खडक बहादुर महर, कमल चदारा, मगि नेपाली, अकली नेपाली, हैकली नेपाली त्यस्तै डन्दविर नेपाली, कमल चदारा, धनी झरेल, रन्जित नेपाली, कमल चदारा, पबिता नेपाली, धिरज बिसि, यमुना बिसि, बुद्वी रोकाय, दिपेन्द्र बिक, डन्ने नेपाली, रन्जकली बोहरा र पदम तिरुवाले माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

आफ्नो पार्टीमा भविष्य नदेखेको भन्दै आफ्नो भविष्य माओवादी केन्द्रमा देखेकोले पाटी प्रवेश गरेको नवप्रवेशीले बताएका छन । उनिहरु लाई माओवादी केन्द्र बाट वडा नम्बर ७ वडा अध्यक्ष पदका उम्मेद्बार अमृत बुढा ( किशोर ) र वडा कमिटी अध्यक्ष वीर बहादुर रोकाले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार