रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रआठबिसकोट नगरपालिकाको वडा नम्बर १० को चुनावी प्रचारप्रसार तथा जनभेटघाट कार्यक्रम जारी रहेको छ । १० नम्बर वडाको मैडाडामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नगरपालिका मेयर गोर्ख बहादुर केसीले गरेका थिए ।
उक्त कार्यक्रममा नेकपा एमालेका चक्र बहादुर शाह सहितका केही नेताकार्यकर्ताले एमाले परित्याग गरि माओवादीमा प्रवेश गरेका छन् ।
१० नम्बर वडाका वडाअध्यक्ष पदका उम्मेदवार गणेश शाह लाई जिताउन नेताकार्यकर्ताले वडावाशीलाई आग्रह गरेका थिए । सो कार्यक्रममा स्थानीयकोबाक्लो उपस्थिति रहेको थियो ।