- टिमखबर सम्बाददाता

रुकुम पश्चिम । समाजवाद उनमुख समृद्धि लागि स्थानीय सरकार, आर्थिक समृद्धि तथा सामाजिक साँस्कृतिक रुपान्तरण हाम्रो अभियान, सरल सालिन जुझारु युवा उम्मेद्बारलाई सबैको मतदान भन्ने मुल नाराका साथ जन भेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम जारी रहेको छ ।

उक्त अभियान आठबिसकोट नगरपालिका वडा नम्बर १४ बाँकेज्युला बाट सुरु गरिएको थियो ।
हिजो सोही अभियान अन्तरगत सवारी, ओखर बाट, फर्सा चौर, ज्यामिरिकोट टाकुरा वडा नम्बर १३को लटा हम्पा मा जनभेटघाट तथा चुनावी प्रचार प्रशार कार्यक्रम सम्पन्न गरिएको हो ।

आज तेस्रो दिन आठबिसकोट नगरपालिका वडा नम्बर १३ को चुनचुने टोल, धाराचौर, टोल बाट जनभेटघाट तथा चुनाव प्रचार प्रसार कार्यक्रम सुरु गरि उक्त टोल बाट एकिकृतिक समाजवादी बाट गोपाल राना, धन बहादुर बिक नेकपा एमाले बाट भिम रसाइली,कुल बहादुर सार्की,बले भारती, रन्ने पुनमगर नेपाली काँग्रेस बाट नन्दकलि बुढाथोकी र अम्बे भारती लगाएतले पार्टि परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

उक्त जनभेटघाट तथा चुनाव प्रचार प्रसार कार्यक्रममा नगर प्रमुख उम्मेद्बार रबि केसि उप प्रमुख उम्मेद्बार धन कुमारी शाही, वडा अध्यक्ष उम्मेद्बार र वडा सदस्य उम्मेद्बार लगाएत टिम टोलटोल गाउँगाउँ मा गयर आफ्ना प्रतिबद्धता , आगामी आयोजना र आ-आफ्ना भिजन सहित चुनाव प्रचार प्रसार मा लाग्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार