- टिमखबर सम्बाददाता

रुकुम पश्चिम । समाजवाद उनमुख समृद्धि लागि स्थानीय सरकार, आर्थिक समृद्धि तथा सामाजिक साँस्कृतिक रुपान्तरण हाम्रो अभियान, सरल सालिन जुझारु युवा उम्मेद्बारलाई सबैको मतदान भन्ने मुल नाराका साथ जन भेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम जारी रहेको छ ।

आज चौथो दिन वडा नम्बर ११ को चिसापानी टोलमा गरिएको जनभेटघ तथा चुनाव प्रचार प्रसार कार्यक्रम को अवसरमा नेपाली काँग्रेसका माहाधिवेसन प्रतिनिधि चन्द्र बहादुर शाहिले आफ्नो पर्टिमा भविष्य नदेखेर माओवादी केन्द्र मा प्रवेश गनुभएको छ । त्यस्तै टोल नम्बर ३ डाँडागाउ टोल बाट नेपाल कम्निष्ट पार्टी एमालेका गाउँ कमिटी सदस्य बल कुमारी सर्कि,बिपना खड्का र खड्क घर्तीले पाटी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

हिजो तेस्रो दिन आठबिसकोट नगरपालिका वडा नम्बर १३ को चुनचुने टोल, धाराचौर, टोल बाट जनभेटघाट तथा चुनाव प्रचार प्रसार कार्यक्रम सुरु गरि उक्त टोल बाट एकिकृतिक समाजवादी बाट गोपाल राना, धन बहादुर बिक नेकपा एमाले बाट भिम रसाइली,कुल बहादुर सार्की,बले भारती, रन्ने पुनमगर नेपाली काँग्रेस बाट नन्दकलि बुढाथोकी र अम्बे भारती लगाएतले पार्टि परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

उक्त जनभेटघाट तथा चुनाव प्रचार प्रसार कार्यक्रममा
नगर प्रमुख उम्मेद्बार रबि केसि उप प्रमुख उम्मेद्बार धन कुमारी शाही, वडा अध्यक्ष उम्मेद्बार र वडा सदस्य उम्मेद्बार लगाएत टिम टोलटोल गाउँगाउँ मा गयर आफ्ना प्रतिबद्धता , आगामी आयोजना र आ-आफ्ना भिजन सहित चुनाव प्रचार प्रसार मा लाग्नुभएको छ ।

उक्त जनभेटघाट तथा चुनाव प्रचार प्रसार कार्यक्रम वडा नम्बर ११ को चिसापानी टोल, डाँडागाउ टोल , गत्तशैना टोलमा ,कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त अभियान आठबिसकोट नगरपालिका वडा नम्बर १४ बाँकेज्युला बाट सुरु गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार